एनकाको पाँचौं वार्षिकोत्सव कार्यक्रममा वेस्ट इंडीजका पूर्व कप्तान कार्ल हूपेर सहभागी हुदै - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

एनकाको पाँचौं वार्षिकोत्सव कार्यक्रममा वेस्ट इंडीजका पूर्व कप्तान कार्ल हूपेर सहभागी हुदै



साउथ अस्ट्रेलियामा रहेको एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन ( एनका)ले पाँचौं वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ । डिसेम्बर १५ तारिकको दिन एडीलेड युनिभर्सिटी क्रिकेट क्लबको ओभलमा हुने उक्त कार्यक्रम म्याकग्रथ फाउन्डेसन प्रति समर्पति रहने एनकाका अध्यक्ष विजय जोशीले बताए।

स्तन क्यान्सर भएका बिरामीहरुलाई सहयोग गर्दै आएको म्याकग्रथ फाउन्डेसनलाई वार्षिकोत्सवको अवसरमा सानो भए पनि सहयोग पुगोस भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको उनले बताए। जोशीले भने “खेलकुद क्लबसँगै हामीले समाजप्रतिको उत्तरदायित्वमा जोड दिदै सो दिन पिङ्क स्टम्पस डेको रुपमा मनाउदै छौ।”

वार्षिकोत्सव समारोह सँगै कार्यक्रममा वूलवर्थ क्रिकेट ब्लास्टका बालबालिका खेलाडीहरुलाई मेडल प्रदान गरिने जोशीले जानकारी दिएका छन। प्रिमियर अफिसका लागि सहायक मन्त्रि जिंग लि , वेस्ट इंडीजका पूर्व कप्तान कार्ल हूपेर र साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसनका पदाधिकारीहरु सहित नेपाली समुदायको उपस्थिति रहने उक्त कार्यक्रममा साँस्कृतिक प्रस्तुतिहरु समेत रहेको एनकाले बताएको छ।