नेपाली क्लबले साउथ अस्ट्रेलियन पुलिसलाई ९७ रनले हरायो - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

नेपाली क्लबले साउथ अस्ट्रेलियन पुलिसलाई ९७ रनले हरायो



साउथ अस्ट्रेलियाको एडीलेडमा आयोजना भएको साउथ अस्ट्रेलियन पुलिस र एडीलेड नेप्लिज क्रिकेट एशोसिएशन ( एनका)बिच मैत्री पूर्ण क्रिकेट प्रतियोगितामा एनकाले साउथ अस्ट्रेलियन पुलिसलाई ९७ रनले पराजित गरेको छ। आईतबार भिक्टोरीया पार्कको मैदानमा भएको खेलमा एनकाले टस जितेर पहिलो ब्याटिङ गर्दै साउथ अस्ट्रेलियन पुलिसलाई २१९ रनको लक्ष्य दिएको थियो। साउथ अस्ट्रेलियन पुलिसले २० ओभरमा १२२ रन मात्रै बनाउन सक्यो। एनकाको स्कोर उकास्न सुनम गौतमले महत्वपूर्ण योगदान गरेका थिए। उनले ८८ रन बनाएका थिए जहाँ उनले १४ वटा चौका र २ वटा छक्का हाने। गौतम खेलको म्यान अफ द म्याच समेत भएका छन। क्याप्टेन सागर राज कँडेलले २० बलमा १८ रन जोडेका थिए। दिपक क्षेत्रीले ३६ बलमा ७० रन जोड्दै ६ वटा चौका र ३ वटा छक्का हानेका थिए।

नेपाली समुदाय र साउथ अस्ट्रेलियन पुलिसलाई जोड्नको लागी कार्यक्रम आयोजना गरिएको एनकाका अध्यक्ष बिजय जोशीले बताए। कार्यक्रमले साउथ अस्ट्रेलियन पुलिस र नेपाली समुदायको सम्बन्धलाई समेत उचाईमा पुराएको जोशीको बिश्वाश छ। कार्यक्रममा पुलसी खेलाडीसँगै अन्य पुलिस अफिसरहरुको समेत सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी पुलिस अफिसरहरुले कानुनको पालना गरेको व्यक्ति कोहि पनि पुलिससँग डराउन नपर्ने बताउदै अझै कसरी सुरक्षित समुदाय गराउन सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया गरेका थिए। कार्यक्रममा नेपाल समुदायको बारेमा समेत जानकारी दिएको एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक नबिन पन्तले बताए। कार्यक्रममा मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस एडीलेड प्रमुख रुपक बर्तौला,एनआरएनए ओसेनिया क्षेत्रीय उप-संयोजक नबिन कंडेल लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो।