औद्योगिकरणको विकासका लागि उचित वातावरण बनाउन आवश्यक : मन्त्री भट्ट - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

औद्योगिकरणको विकासका लागि उचित वातावरण बनाउन आवश्यक : मन्त्री भट्ट



विशाल पाण्डेय / सुखड,कैलाली ।
उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले सुदुर पश्चिम प्रदेशमा औद्योगिकरणको विकासका लागि उचित वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । घोडाघोडी नगर कमिटीको आयोजनामा शनिबार बधाई तथा सम्मान कार्यक्रममा मन्त्री भट्टले उद्योग लगाउनु भनेर कोहि पनि ब्यापारी नआउने हुँदा औद्योगिकरणको विकासकालागि उचित वातावरण मिलाउनु पर्ने बताएका हुन् ।

मन्त्री भट्टले औद्योगिकरणको लागि नि:शुल्क जग्गा चाहिने हुनाले कैलालीको डुडेझारीमा अध्ययन गरि काम अगाडि बढिरहेको बताए । त्यस्तै औद्योगिकरणको लागि दोधरा चादँनी करिडोरलाई सुख्खा बन्दरगाहसंग जोड्ने सम्भाव्यता को अध्ययन भइरहेको र धनगढी गेटा औद्योगिक करिडोर लाई अझै व्यवस्थित गर्नको लागि आवश्यक बजेट विनियोजन गर्ने मन्त्री भट्टले बताए ।

मन्त्री भट्टले कैलालीको हरैया क्षेत्रमा विशेष आर्थिक क्षेत्र (शेज) स्थापनाका लागि सम्बन्धित निकाय संग छलफल गरि
आवश्यक जग्गा उपलब्ध गराउने बताए । उनले घोडाघोडी नगरपालिका , कैलारी गाउपालिका र गौरिगंगा नगरपालिकामा भएको बिद्युतको समस्या चाडै हल हुने समेत बताए । बिद्युत बिस्तारमा देखिएको कानुनी अड्चनलाई फुकाउन समन्वय भईरहेको र यो समस्या चाडै हल हुने मन्त्री भट्टले बताए ।

एक सय भन्दा बढी नेकपामा प्रवेश

घोडाघोडी नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरी एक सय ११ जना नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन् । नेपाल सरकारका नव नियुक्त उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टलाई बधाई तथा सम्मानका लागि नेकपा घोडाघोडी नगर कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा उनीहरुले पार्टी प्रबेश गरेका हुन् ।

पार्टी प्रबेशले नेकपा बिप्लबलाई सबै भन्दा बढी झट्का लागेको छ । कार्यक्रममा नेकपा बिप्लब निकटका पुर्ब बटालियन कमान्डर समेत रहेका नरेन्द्र बटाला, बिप्लब निकट अखिल क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष पदम काफ्ले सहित ४० जना, राप्रपाका घोडाघोडी नगर उपाध्यक्ष राज बहादुर शाही लागायत २६ जना, समाजबादी पार्टीका जिल्ला सदस्य डम्बर बिस्ट लागायत २८ जना र नेपाली काङ्ग्रेसबाट १७ जना गरि १ सय ११ जनाले नेकपामा प्रबेश गरेको नेकपा घोडाघोडी नगर कमिटी सचिव खगेन्द्र हमालले जानकारी दिए ।