ह्वात्तै बढ्यो सुनको मूल्य - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

ह्वात्तै बढ्यो सुनको मूल्य



काठमाडौं- सुन एकैदिन तोलामा ८ सय रुपियाँले बढेको छ। मंगलगार प्रतितोला ७१ हजार ४ सय रुपियाँमा कारोबार भएको सुन बुधबार ७२ हजार २ सय रुपियाँमा किनबेच भइरहेको छ।

सुन अघिल्लो दिनभन्दा तोलामा ८ सय रुपियाँले बढेको हो।

बैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको थियो। त्यसपछि पुनः सुन घट्न पुगेको थियो। अहिले फेरि बढ्न थालेको छ।

केही दिनअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढेर प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको थियो।

अहिले त्यसलाई पछ्याउँदै सुनको भाउ बढ्ने क्रममा छ।