अमिताभ बच्चनले लेखे आयुष्मान खुरानालाई यस्तो पत्र - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

अमिताभ बच्चनले लेखे आयुष्मान खुरानालाई यस्तो पत्र



बीबीसी । चलचित्र ‘विकी डोनर’बाट आफ्नो अभिनय यात्राको प्रारम्भ गरेका आयुष्मान खुरानालाई आठ वर्षको मिहनतपछि चलचित्र ‘अन्धाधुन’का लागि राष्ट्रिय पुरस्कार प्राप्त भएको छ । आयुष्मानको मान्यता छ, राष्ट्रिय पुरस्कारको घोषणापछि उनमा एक किसिमको खुशीसहितको दबाव सिर्जना भएको छ ।

बीबीसीसँग गरिएको कुराकानीमा उनी भन्छन्, “चलचित्र गर्नुभन्दा पहिले तपाईं अवार्डको विषयमा सोच्नु हुन्न । तर यदि अवार्ड पाइन्छ भने प्रोत्साहन मिल्छ र महसुस हुन्छ, तपाईंको चयन सही रहेछ ।”

उनी भन्छन् “म मात्र स्कृप्टकासाथ जान चाहन्छु । मलाई कुनै पर्वाह हुन्न कि निर्देशक या निर्माता या मेरा सह–कलाकार त्यसमा को–को छन् ? कहिलेकाहीँ तपाईं ठूलाबडाको नाम सुनेर बहकिन सक्नुहुन्छ । तर ठूलाभन्दा ठूला भनिएका निर्देशकले पनि नराम्रो चलचित्र दिन सक्छन् भने नयाँभन्दा नयाँ निर्देशकले पनि सफल चलचित्र निर्माण गर्न सक्छन् । यो मैले बुझिसकेको छु ।”

आयुष्मानलाई लाग्छ जुन चलचित्रहरू उनले चयन गर्छन् त्यसको चुयनमा कुनै अभिनेतालाई संकोच लाग्ला, तर उनलाई कुनै पनि किसिमको संकोच भएको छैन । उनी स्वीकार्छन– जबसम्म उनी केही फरक काम गर्दैनन्, तबसम्म चलचित्र उद्योगमा आफ्नो ठाउँ बनाउन सक्दैनन् ।

चलचित्र उद्योगमा नयाँ पिँढीका हरेक युवा कलाकारहरूलाई सुपरस्टार अभिनेता अमिताभ बच्चनको चिठीको पर्खाइ रहन्छ । अहिलेसम्म आयुष्मान खुरानाले अमिताभ बच्चनद्वारा लेखिएका दुई चिठीहरू पाइसकेका छन् । उनले पहिलो चिठी पाएका थिए चलचित्र ‘दम लगाके हइसा’का लागि । त्यसपछिको अर्को चिठी राष्ट्रिय पुरस्कार प्राप्तिको चर्चापछि पाए ।

यस विषयलाई लिएर आयुष्मान भन्छन्, “बच्चन साहबको चिठीको पर्खाइ हमेशा रहन्छ । त्यो आफैँमा एउटा अवार्ड हो ।”

बलिउड चलचित्र उद्योगमा आठ वर्ष बिताइ सकेका आयुष्मानले शुजित सरकारको आउँदो फिल्म ‘गुलाबो सीताबो’मा अमिताभसँग काम गर्ने अवसर पाएका छन् ।

अमिताभ बच्चनसँग काम गर्ने अनुभवलाई सबैसँग साझा गर्दै आयुष्मान भन्छन्, “उनी एकदमै सहयोगी कलाकार हुन् । उनका फिल्म हेरेरै हामी ठूला भयौैं । त्यसैले उनलाई देखेरै डर लाग्छ । तर उनकासाथ काम गर्ने कलाकारलाई उनी उत्तिक्कै इज्जत दिन्छन् ! उनीबाट धेरै कुरा सिकियो पनि । उनी आफ्नो पिँढीका एक्ला सुपरस्टार हुन्, जो अहिले पनि राज गरिरहेका छन् !”

आयुष्मान खुराना हास्य जनेराको चलचित्र ‘ड्रिम गर्ल’मा देखिएका छन् । जसमा उनी महिलाको आवाज निकालेर बोलेको देखा परेका छन् । राज शांडिलियाको निर्देशनमा बनेको ‘ड्रिम गर्ल’मा नुसरत बरुचा, अन्नु कपूरले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।