पशुपति शर्मा सहित १० पदाधिकारी निर्विरोध निर्वाचित - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

पशुपति शर्मा सहित १० पदाधिकारी निर्विरोध निर्वाचित



काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनबाट १० पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल निर्वाचित भएका छन् ।

महासचिवमा सुवास केसी नै दोहोरिएका छन् भने उपमहासचिवमा शंकर विसी र शिब हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्षमा पूर्णकला विसी निर्विरोध निर्वाचित भएका छन् ।

पोखरामा जारि महाधिवेशनमा अध्यक्ष सहितका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि आज मतदान हुन लागेको छ । विहान ११ बजेदेखि मतदान सुरु हुने जनाइएको छ ।

प्रतिष्ठानको अध्यक्षका रमेश विजी र विष्णु खत्रीले उम्मेदवारी दिएका छन् ।