कुवेतसँग खेल्ने नेपाली टोलीको घोषणा:को- को परे त ? हेर्नुहोस नाम सहित ! - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

कुवेतसँग खेल्ने नेपाली टोलीको घोषणा:को- को परे त ? हेर्नुहोस नाम सहित !



काठमाडौं । नेपालले भुटानको थिम्पुका कुवेतसँग खेल्न लागेको फिफा विश्वकप छनोट खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार टोलीको घोषणा गरेको हो ।

नेपालले कुवेतसँग मंसिर ३ गते थिक्पुमा छनोट खेल खेल्दैछ । यसअघि दशथ रंगशालाका लागि तय भएको नेपालको होम गेम रंगशालाको निर्माणले पूर्णता नपाएपछि थिम्पुमा हुन लागेको हो । विश्वकपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा नेपाल सहित कुवेत, जोर्डन, अष्ट्रेलिया र चाइनेज ताईपेई रहेका छन् ।

को -को परे नेपाली टोलीमा ?

नेपालले भुटानको थिम्पुका कुवेतसँग खेल्न लागेको फिफा विश्वकप छनोट खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको टोलिमा गोलरक्षकको तर्फबाट किरण चेम्जोङ (कप्तान), विकेश कुथु र विशाल श्रेष्ठ राष्ट्रिय टिममा छनोट भएका छन् भने रक्षकका लागी सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल लाई छनोट गरिएको छ ।

त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र मिक्छेन तामाङ छनोट भएका छन् भने स्ट्राईकरमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल राष्ट्रिय टोलिमा छनोट भएका छन् ।