'लाइफ ड्यामेज'वालाको लाइफ बन्यो - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

‘लाइफ ड्यामेज’वालाको लाइफ बन्यो



काठमाडौं- युट्युब लगायत समाजिक संजालहरुमा भाइरल बन्दै आएका ‘लाइफ ड्यामेज’वाला अघोरी बाबाले अन्ततः बिवाह गरेका छन् ।

कार्यक्रमका लागि चितवन जाँदा नजिकैको देवघाट मन्दिर पुगेर नदी किनारबाट आफूले यस अघि नै विबाह गरिसकेको कुरा भिडियो मार्फत् सार्वजानिक गरेका हुन् । आफ्नो मन मिल्ने जीवनसाथी पाएको भन्दै दुवै जनाले एकसाथ खुसी समेत व्यक्त गरेका छन् ।

भाइरल बाबा ‘लाइफ ड्यामेज’ले अनलाईनहरुलाई दिएको अन्र्तवार्तामा उनले आफु बैवाहिक बन्धनमा बाँधिएको जानकारी गराएका छन् । हाल चितवनमा रहेका उनले नारायणी गंगालाई साक्षि राखी सात जुनिसम्म साथ नछोड्ने भन्दै कसम खाईरहेको भिडियोमा देख्न सकिन्छ ।

‘लाइफ ड्यामेज’ भन्दै युवा माझ चर्चित बाबाले विवाह गरेको भन्दै सिन्दुर लगाकी आफ्नी जिवनसाथीलाई पनि सार्वजनिक गरेका छन् । अवको बाँकि जिवन आफुहरु दुःख सुखकासाथ काट्न तयार रहेको बताउदै आफुहरु एक भएको उनीहरुले बताएका छन् ।

परिवार, समाज परिवर्तनमा आफुहरुको बिवाह उदाहरण बन्ने भन्दै समाजमा गलत काम गर्नेहरुमाथी आफ्नो विवाहले शिक्षा दिने पनि दम्पतीको भनाई रहेको छ । आफ्नो डयामेज भएको लाईफ म्यानेज भएको पनि बाबाले बताएका छन् ।