सुजनजंग बर्तौलाको अध्यक्षतामा सिड्नीमा गोर्खाज वारिअर्स फूटबल क्लब गठन - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

सुजनजंग बर्तौलाको अध्यक्षतामा सिड्नीमा गोर्खाज वारिअर्स फूटबल क्लब गठन



एक्स्प्लोर द पोसिबिलिटिज’ भन्ने नारासहित अस्ट्रेलियाको सिड्नीमा सुजनजंग बर्तौलाको अध्यक्षतामा गोर्खाज वारिअर्स फूटबल क्लब गठन भएको छ। क्लबमा भुवन भण्डारी, सागर दाहाल, अनिल ढकाल, तेञ्जिन शेर्पा लामा, प्रदीप खड्गी, गौरभ अधिकारी, रुपेश क्षेत्री, आर्यान थापा, राकेश लामा, दिवश राई विशाल क्षेत्रीलगायत २६ जना रहेको कार्य समिति गठन गरिएको छ ।

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका नेपाली युवाहरुको खेलकुद प्रतिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्य सहित क्लब गठन गरिएको बर्तौला बताए। बर्तौलाले थप्दै भने ” नेपाल बाट नै फूटबल क्षेत्रमा राम्रो खेल खेल्नु भएका साथीहरु यस क्लबमा जोडिनु भएको छ , त्यसैले पनि हामीले सँस्थागत विकाससँगै यहाँ हुने डिभिजन खेलहरु सम्म हाम्रा खेलाडीहरु पुग्नु भन्ने उद्देश्य सहित क्लबलाई अगाडी बढाउनेछौ।”