सि एस फिल्मस् अवार्डका लागि सिन्हाको अध्यक्षतामा समिती गठन - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सि एस फिल्मस् अवार्डका लागि सिन्हाको अध्यक्षतामा समिती गठन



धनगढी । कैलालीको धनगढीमा सि एस फिल्मस् अवार्ड मुल समिती गठन गरिएको छ । अवार्डलाई सभ्य र भब्य बनाउनका लागी सतिस सिन्हाको अध्यक्षतामा १२ सदस्यीय समिती गठन भएको हो ।

समितीको सह संयोजकमा चन्द्र चौधरी ,सदस्यमा गुणाकर पनेरु ,संगत चौधरी, आबेश चन्द, बिबेक नागरी,गंगा डगौरा दया संकर र्चौधरी,राजु चौधरी, आकास कुस्मी र मनमती बखरिया लगायतका सदस्य रहेका छन । समितीले २०७६ साल भित्र यस फिल्मस् प्रालीबाट निस्केका भिडियोहरुलाई समाबेसी गरि सि एस बेस्ट म्युजिक भिडियो अर्वाड नामकरण गर्ने निर्णय गर्दै उप समितीहरु समेत गठन गरेको छ ।

गंगा डगौराको संयोजकत्वमा आर्थीक समिती,बिबेक नागरिको संयोजकत्वमा प्रचार प्रसार समिती, आबेश चन्दको संयोजकत्वमा भोजन तथा आवास ब्यावस्थापन समिती, राजु चौधरीको संयोजकत्वमास्वागत तथा सत्कार समिती,चन्द्र चौधरीको संयोजकत्वमा अनुसासन समिती, सतिस सिन्हाको संयोजकत्वमा प्रबिधी समिती, संगत चौधरीको संयोजकत्वमा मन्च ब्यावस्थापन समिती, गुणकरण पनेरु को संयोजकत्वमा प्रमाण पत्र र टफि ब्यावस्थापन समिती, र आकास कुस्मी को संयोजकत्वमा सास्कृतीक समिती गठन गरिएको छ ।