युवराज खनालको वचन नलाउ सानु बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

युवराज खनालको वचन नलाउ सानु बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे/पुस २९

टाढा नजाउ सानु
मलाई एक्लै छाडेर
टाढा नजाउ सानु
मार बरु सहन्छु
वचन नलाउ सानु
मनबाट माया गरेको मायालुलाई वचन लगाउनु भन्दा बरु मार भन्ने मार्मिक शब्दहरू समावेश गरिएको माया प्रेममा आधारित लोक दोहोरी गीत ” वचन नलाउ सानु ” सार्वजनिक भएको छ ।

चर्चित सर्जक इन्द्र जी.सीको लय / शब्दमा युवराज खनाल र देवी घर्ती मगरको स्वरमा रहेको गीत युवराज खनालको प्रस्तुतिमा बजारमा आएको हो भने भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् । करन चौसिरको छायांकनमा विष्णु शर्माले सम्पादन गरेको भडियोमा बिमल अधिकारी र जस्मिन प्रधानको अभिनय देख्न सकिन्छ । गीतलाई रेड एप्पल मिडियाले बजार व्यवस्थापन गरेको छ ।