रूपन्देहीमा युवाको हत्या, पाँच गिरफ्तार - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

रूपन्देहीमा युवाको हत्या, पाँच गिरफ्तार



बुटवल

रूपन्देहीको देवदह नगरपालिका –८ विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको छ। यसको जानकारी देवदह प्रहरी चौकी खैरेनीका प्रहरी निरीक्षिक दीपक महतले दिए।  थापा शनिबार  बेहोस अवस्थामा फेला परेको र उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। निरीक्षक महतले थापाको निधार र छातीमा निलडाम देखिएको बताएका थिए। प्रहरीले थापाको हत्यामा संलग्न भएको आशङ्कामा ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल लगिएको कार्यालयप्रमुख डिएसपी डिलबहादुर मल्लले जानकारी दिए। देवदह क्षेत्रमा यसभन्दा अघि युवा संघ रूपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिस पुरीको हत्या भइसकेको छ।