नेपाल-भारत योग प्रवर्द्धन कार्यक्रम - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

नेपाल-भारत योग प्रवर्द्धन कार्यक्रम



काठमाडौँ –

नेपाल-भारत योग प्रवर्द्धन कार्यक्रम आज बिहीबार काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ। योग युनिभर्सिटी अफ अमेरिकाज, फ्लोरिडाले यो कार्यक्रम आयोजना गरेको हो।

आगामी दिनमा योगको विधिवत् अध्ययन गराउने उद्देश्यले स्थापना गरिएको यो संस्थाले योग शिक्षाको गुणस्तरीय विकासका लागि उक्त कार्यक्रम गर्न लागिएको बताइएको छ।

नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल र दक्षिण भारतका धर्मगुरु श्रीअरलु मग्लिगे पार्थसारथीको आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा नेपाल र भारतका योग गुरु, समाजसेवी, विभिन्न दलका प्रतिनिधिहरूको उपस्थिति रहने बताइएको छ।

सो कार्यक्रममा अमेरिका, भारत, मलेसिया र कम्बोडिया लगाएतका देशबाट १ सयभन्दा बढी योगप्रेमीहरू नेपाल आइसकेको बताइएको छ। कार्यक्रममा सम्पूर्ण योगप्रेमीहरूलाई उपस्थितिका लागि कार्यक्रमका संयोजक डा. हरिप्रसाद पोखरेलले आग्रह गरेका छन्।