यसरी बन्छ हास्य टेलिसिरीयल पुर्पुरो। - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

यसरी बन्छ हास्य टेलिसिरीयल पुर्पुरो।



कर्ण अधिकारी,काठमाडौँ।

चर्चित हास्य टेलिसिरीयल “पुर्पुरो”को मेकिङ्ग भिडियो सार्वजनिक भएको छ । हास्य टेलिसिरीयलको मेकिङ्ग भिडियोमा कलाकारहरूको दु;ख मेहनत साथै नेपाली समाजका विकृति बिसंगति र राम्रा पक्षहरूको समसामायिक पाटोलाई देखाईएको छ ।

पूजा फिल्म्स्’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको मेकिङ्ग भिडियोमा शिशिर अधिकारी(ज्याक),भेडे, लक्ष्मी, सीता र अन्य कलाकारहरुलाई देखाईएको छ।यस टेलि सिरीयलले ३० औँ भाग समेत पार गरी सकेको छ।प्राय सुटिङ् पोखराको ग्रामीण भेक र काठमाण्डौको वरी परी हुँदै आएको छ।यस्तै सुटिङमा एक्सन कट पनि सुन्न सकिन्छ।कुश लभ के,सी ले पुर्पुरोलाई निर्देशन गरेका छन् भने क्यामरा म्यान र ईडिटर भने शिशिर अधिकारी हुन्,यस हास्य टेलिसिरियल अहिले नेपाली माझ निकै नै लोक प्रिय भई रहेको छ।उक्त हास्य टेलिसिरीयल केही समय पश्चात् जनता टेलिभिजन मार्फत प्रसारणमा आउँदै छ।

यस हास्य टेलिसिरीयलका एक दमदार पात्र “ज्याकको” भूमिकामा शिशिर अधिकारी दर्शक माझ चिनिन थालेका छन् भने उनी कलाकारीता क्षेत्रमा पनि व्यस्त हुँदै आइरहेका छन्।उनको जन्म स्थान नुवाकोट सुर्यगढी गाउँपालिका हो।विद्यार्थी जीवन देखि नै कलाकारीतामा रमाउने ज्याकले अझै आफूलाई कलाकारीता क्षेत्रमा तिखारीएर लाग्ने कुराको जानकारी गराउनु भएको छ।यस हास्य टेलिसृङ्खलामा आम्बो निकै नै दमदार पात्र रहेको र उक्त पात्रको भूमिका कुश लभ केसीले गर्दै आउनु भएको छ।हाल उक्त आम्बो थेगो अहिले निकै नै हिट भई रहेको छ ।निर्देशक कुशलभले हामी सँगको कुराकानीमा आगामी दिनमा अझै रोचक र मनोरन्जनात्मक बनाउने पनि जानकारी दिएका छन्।केही दिन अगाडी मात्र उक्त पूजा फिल्म्सको कार्यालय काठमाडौँ बालाजुमा खोलिएको छ।