छुवाछूत व्यवहारबाटै अन्त्य हुनुपर्छ : अध्यक्ष तिमिल्सिना - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

छुवाछूत व्यवहारबाटै अन्त्य हुनुपर्छ : अध्यक्ष तिमिल्सिना



बागलुङ। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले छुवाछूत राष्ट्रिय कलकं भएकाे बताएका छन् ।

जातीय भेदवाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसकाे अवसरमा भगत सर्वजित प्रतिस्ठानद्वारा वागलुङमा साेमबार अायाेजित कार्यक्रममा बाेल्दै अध्यक्ष तिमिल्सिनाले कानूनी रूपमा छुवाछूतकाे अन्त्य भए पनि व्यवहारमा अझै अन्त हुन नसकेकाे बताए।

“छुवाछूत अन्त्य गर्नका लागि चेतना अभिवृद्धी गर्नुपर्छ,” उनले भने  “त्याे चेतना छुवाछूत गर्नेर छुवाछूतबाट पीडित दुबैकाे चेतना अभिवृद्दि गर्नुपर्छ।”

त्यस्तै उनले चेतना जगाएर मात्र भएन भने पनि कानूनमा कडा दण्डकाे व्यवस्था गरि कार्यान्वयन गर्नुपर्ने धारणा राखे । विद्यालयकाे पाठ्यक्रममा पनि छुवाछूत उन्मुलनका विषयहरू राखी चेतना जगाउनुपर्नेसमेत उनकाे माग छ ।