विश्वकप छनौट खेलका लागी नेपाली टिमको घोषणा - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

विश्वकप छनौट खेलका लागी नेपाली टिमको घोषणा



काठमाडौं । ट्वान्टी २० विश्वकपको एसिया उप क्षेत्रीय छनौट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । टिममा शरद भेषवाकर र प्रदिप ऐरीले यो पटक स्थान पाएका छन् । एेरीले ३ वर्षपछि राष्ट्रिय टिममा कमब्याक गरेका हुन्।

नेपाली टिममा पारस खड्का (कप्तान, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, सन्दिप लामिछाने, शरद भेसावकर र सोमपाल कामी रहेका छन्।

शरद नेदरल्याण्डविरुद्ध पहिलो एकदिवसीय खेल्ने क्रममा हातको चोटको कारण एसिया कप छनौट खेल्न पाएका थिएनन् भने सन् २०१५ पछि प्रदिप ऐरी राष्ट्रिय टिमबाट बाहिर रहेका थिए।

सन् २०२० मा अष्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकपको लागि प्रारम्भिक छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ मा म्यानमारको सामना गर्नेछ।

यस्तै दोस्रो खेल मलेसिया, तेस्रो खेल थाइल्याण्ड, चौथो खेल भुटान,पाँचौ खेल चीन र छैठौं तथा अन्तिम खेल सिंगापुरविरुद्ध खेल्नेछ।प्रतियोगिताका लागि नेपाली टिम भोली मलेसिया प्रस्थान गर्नेछ ।