महिला विश्वकप फुटबल : अर्जेन्टिना जापानसँग भिड्ने - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

महिला विश्वकप फुटबल : अर्जेन्टिना जापानसँग भिड्ने



समूह डी मा रहेको अर्जेन्टिना फ्रान्समा जारी महिला विश्वकप फुटबलमा आज जापानसँगै प्रतिस्पर्धा गर्दैछ ।

सुखद नतिजाको लक्ष्यसहित अर्जेन्टिना आफनो पहिलो खेलमा जापानविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।

उपाधी दाबेदार मानिएको अर्जेन्टिना जापानविरुद्ध जितको लक्ष्यमा रहँदा एसियाको पावरहाउस मानिने जापान उत्कृष्ट नतिजाको रणनीतीमा छ ।

विश्वकप फुटबलअन्तर्गत मध्यराति १२ : ४५ बजे क्यानडा र क्यामरुनबीच खेल हुनेछ । यसअघि गएराति सम्पन्न खेलमा बाज्रिलले जमैकामाथि ३-० को जित निकाल्दा अर्को खेलमा इङ्ल्यान्डले स्कटल्यान्डलाई २-१ को गोलअन्तरले पराजित गरेको थियो ।

(एजेन्सी)