ट्रकमुनि पर्दा पनि सकुसल(भिडियो) - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

ट्रकमुनि पर्दा पनि सकुसल(भिडियो)



काठमाडौँ  –

दक्षिणपश्चिम चीनमा एक महिलालाई ठूलो ट्रकले ठक्कर दिएर आफूमुनि पार्दा पनि उनी बाँचेकी छन् । ती महिला सिचुआन प्रान्तको जिगोङमा एउटा सडकमा ट्राफिक लाइटमा रोकिएकी थिइन् । उनको ठ्याक्कै पछाडि एउटा ठूलो ट्रक आइपुग्यो ।

ट्राफिक लाइट बदलिएपछि ट्रक अघि बढ्छ अनि स्कूटरमा बसेकी महिलालाई लडाउँछ र उनीमाथिबाटै गुडेर अघि बढ्छ । खतरनाक भिडियोमा ती महिला सडकमा पूरै पल्टेको अनि अग्लो च्यासिस रहेको ट्रक उनीमाथिबाट अघि बढेको देखिन्छ ।

ट्रक अघि बढेपछि महिला सडकमा बस्छिन् अनि अर्को गाडीबाट ठोकिनबाट बच्नका लागि सडकको छेउतिर जान्छिन् । उनले रिसाउँदै ट्रकलाई औंला देखाएको अनि गाली गरेको देखिन्छ । घटनापछि महिलालाई दाहिने गोडामा चोट लागेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटना शुक्रवार भएको हो ।प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

(एजेन्सी)