ऋतिक र टाइगरको ‘वार’ले बनायो नयाँ किर्तिमान - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ऋतिक र टाइगरको ‘वार’ले बनायो नयाँ किर्तिमान



एजेन्सी- बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ ले सर्वाधिक व्यापार गर्ने हिन्दी फिल्मको रेकर्ड बनाएको छ। वारले सन् २०१९ मा रिलिज भएको फिल्म ‘कबिर सिंह’ र ‘उरीः द सर्जिकल स्टाइक’ लाई पछि पार्दै सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड बनाएको लाइभ हिन्दूस्तानले जनाएको छ।

भारतीय ट्रेन्ड एनालिस्ट तरण आदर्शले ट्वीटरमार्फत् वारले नयाँ रेकर्ड राखेको जानकारी दिएका हुन्। वारले हालसम्म २८० करोड ६० लाख भारतीय रुपैयाँ कलेक्शन गरेको छ। जसमा हिन्दी, तमिल र तेलुगु संस्करणको व्यापार पनि समावेश गरिएको छ। वारले सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेसँगै १० औं सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्डसमेत कायम गरेको हो।

यसअघि शाहिद कपूर अभिनित हिट फिल्म ‘कबिर सिंह’ले २७८ करोड २४ लाखको व्यापार गरेको थियो भने विक्की कौशलको फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ले २४४ करोड ६ लाखको व्यापार गरेको थियो।

त्यसो त सिद्धार्थ आनन्द निर्देशित फिल्म वारले ५३ करोड ३५ लाखको कमाइ गर्दै सर्वाधिक ओपनिङ गर्ने बलिउड फिल्मको रेकर्ड समेत बनाएको थियो। यशराज फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्ममा टाइगर र ऋतिकसँगै वाणी कपूरको मुख्य भूमिका रहेको छ।