वाङलेली रुपन्देही सम्पर्क समाजको वनभोज - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

वाङलेली रुपन्देही सम्पर्क समाजको वनभोज



बुटवल । वाङ्ला सम्पर्क समाज रुपन्देहीले शनिबार वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

संकनगर बनबाटिकामा सम्पन्न भएको कार्यक्रममा अर्घाखाँची जिल्लाको साविक वाङ्गला गाबिस बाट रुपन्देहीको बिभिन्न स्थानमा अस्थायी÷स्थायी रुपमा बसोबास गर्दै आईरहेका २ सय भन्दा बढि ब्यक्तिहरुको उपस्थीति रहेको थिए ।

कार्यक्रममा समाजका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले कर्मभूमि रुपन्देही भए पनि जन्म भूमिको मायाले आफुहरु सदा एक भएर बस्न पाएको बताए ।

कार्यक्रममा बोल्दे कार्यक्रम संयोजक भानुभक्त भुसालले उपस्थीतलाई धन्यबाद दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रकाश खनालले गरेका थिए ।