घोडाघोडी कप: वाकओभर पाउँदा स्टार सिटि विजयी - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

घोडाघोडी कप: वाकओभर पाउँदा स्टार सिटि विजयी



विशाल पाण्डेय / घोडाघोडी ।
कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा जारी ‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगितामा निसर्ग हस्पिटल एण्ड स्टार सिटि धनगढीलेवाकओभर पाएसँगै स्टार सिटि धनगढी विजयी भएको छ ।

आइतबार सडकपुर बौनिया युवा क्लब (SBYC) अनुपस्थित भएपछि निसर्ग हस्पिटल एण्ड स्टार सिटि धनगढीले वाकओभर पाएको हो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ घोडाघोडी क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख १०१ प्राप्त गर्ने छ भने उप विजेता हुने टिमले १ लाख १०१ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडीलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सोमबार आयोजक घोडाघोडी क्लब ‘रातो’ र महेन्द्र स्मृति क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्ने छ ।