वालिङ नगरपालिकाले राजमार्गको दाँयाबाँया फूल रोप्ने - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

वालिङ नगरपालिकाले राजमार्गको दाँयाबाँया फूल रोप्ने



वालिङ नगरपालिले राजमार्गको दाँयाबाँया फूल रोप्ने भएको छ । बगालथोक अवस्थित त्रैलोकेश्वरी आमा समूह तथा बगाले युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमको उत्घाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले यस्तो बताएका हुन् ।

नगर प्रमुख खाँणले अब कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण हुने समेत बताए । जनताको चासोको विषय भएकाले पालिका बैठक प्रत्यक्ष प्रसारण आफ्नो योजना रहेको उनले बताए । कार्यक्रममा खाँणले वैदेशिक भ्रमणका क्रममा सिकेका धेरै कुरा क्रमशः कार्यान्वयनमा लैजाने उल्लेख गरे ।

उनले भने- ‘अबको ५ वर्ष भित्र वालिङ नगरलाई सफा र हरियाली नगरको रूपमा विकास गर्नुपर्ने छ । “हरित सहर- वालिङ नगर” को गुरुयोजना पूरा गर्न जनताको यस्तै सहभागिता आवस्यक छ ।‘ उनले जनताको सहभागितामै सिद्दार्थ हाइवेको दायाँबायाँ रंगीविरंगी फूल रोपेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनाउने बताए ।

खाँणले आफू प्रमुख अतिथि रहेर पनी कार्यक्रममा अन्य पन्चकन्या मार्फत बिरुवा रोपेर कार्यक्रमलाई नयाँ शैलीबाट उत्घाटन गरेका थिए।

कार्यक्रममा स्थानीय युवाहरुले आफै विरुवा खरिद गरेर व्रिक्षारोपण गरेको समाजसेवी भरत बगालेले बताए । बगालेका अनुसार वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिदै बाँकी रहेको ठाउँमा पनि विभिन्न प्रजातिका फूल तथा बिरुवा रोप्ने अभियान चलाउने बताए।

कार्यक्रमको आयोजना बारे प्रकाश पार्दै स्वागत मन्तब्य राखेका प्रदीप बगालेले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम राखेको बताएका थिए । बृक्षारोपण कार्यक्रममा वार्ड नं ८ का वार्ड अध्यक्ष दामोदर तिवारी वार्ड नं ६ का श्याम कृष्ण श्रेष्ठ कार्यपालिका सदस्य योगमाया पंगेनी वार्ड सदस्य कविता परियार लगायत विभिन्न संघ संस्था का प्रतिनिधिको उपस्थिति रहेको थियो ।