विप्लब समुहले लगाईदियो वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

विप्लब समुहले लगाईदियो वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला



म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–२ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको समूहका कार्यकर्ताले कालोमोसो दल्नुका साथै चप्पलको माला लगाइ दुर्व्यवहार गरेका छन् ।

बिहीबार कार्यालयमा मोसो लगाएको बताइएको छ ।

भ्रष्टाचार गरेको, राजश्व संकलनमा नातावाद–कृपावाद गरेको, बजेट वितरणमा मनोमानी गरेकोलगायतका आरोप लगाउँदै मोसो दलिएको चन्द समूहको दाबी रहेको छ ।

पटक–पटक सुझाव दिँदा पनि सुधार नभएकाले चेतावनीस्वरुप कालोमोसो दलेको चन्द समूहको भनाइ छ ।