न्यु पि यम भलिबल प्रतियोगिताको उपाधी मणिमुकुन्द क्लबलाई - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

न्यु पि यम भलिबल प्रतियोगिताको उपाधी मणिमुकुन्द क्लबलाई



बुटवल । न्यु पि यम सप्लायर्स प्रधम खुल्ला भलिबल प्रतियोगिताको नतिजा मणिमुकुन्द भलिबल क्लबले जितेको छ । पौष १० गतेबाट तिलोत्तमा- १ नयाँमिलमा सुरु भएको खेलमा १८ टिमको सहभागीका रहेको थियो । फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लबले मदन भन्डारी स्पोर्ट्स क्लब नयाँगाउँ लाई २५/१५, २५/१८,२५/२३ को सोझो सेटले जितेको थियो । त्यस्तै आयोजक भर्सेस उषा युबा क्लब पाल्पा बिच भएको खेलमा आयोजक न्यु पियम सप्लायर्स सि ले जितेको छ। खेल नक आउट सिस्टमबाट खेलाइएको थियो।

एक कार्यक्रमका बिच समापन

पौष १० गते बाट सुरु भएको भलिबल प्रतियोगिता एक कार्यक्रम गरि समापन गरिएको छ। न्यु पियम का संचालक पदम न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथी तिनपा वाड नं १ का वडा अध्यक्ष तामनाथ पाण्डे रहेका थिए । “खेल क्षेत्रमा लागेर पनि आफ्नो भविस्य सुनिस्चित गर्न सकिन्छ ,आफुलाइ अनुशासनमा राखेर देशको लागि समेत खेलकुद मार्फत धेरै दिन सकिने कुरा प्रमुख अतिथि पाण्डेले बताए ।

न्यु पियम सप्लायर्सका सन्चालक एवं कार्यक्रम संयोजक मन्हेन्द्र जंग कुवरले आगामी दिनमा समेत यस्तै र अन्य खेलकुदको आयोजना गर्ने साथै, युबाहरुलाइ खेल क्षेत्रमा अगाडि बड्न आफुले सक्दो सहयोग गर्ने बताएका छन। खेलाडीलाई पुरस्कार, मेडल प्रदान गरेर समापन गरिएको उक्त कार्यक्रमको सन्चालक सन्दिप जिसि ले गरेका थिए ।