रामापिथेकस जिल्लास्तरीय अन्तरमावि भलिबल भोलिदेखि - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

रामापिथेकस जिल्लास्तरीय अन्तरमावि भलिबल भोलिदेखि



बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमी क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ रूपन्देहीको आयोजनमा भोलिदेखि बुटवलमा दोस्रो रामापिथेकस जिल्ला स्तरीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता शुरु हुँदैछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ ले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।प्रतियोगितामा रूपन्देही २५ विद्यालयका टिमको सहभागिता रहने कार्यक्रम संयोजक महेश खनालले जानकारी दिए ।

बुटवल–७ दीपनगरस्थित सिद्देश्वर लालकुमारी माविको प्राङगणमा हुने प्रतियोगिता २ दिनसम्म चल्नेछन ।प्रतियोगितामा प्रथम हुनेले ३० हजार १११, द्वितीयले २० हजार १११ र तृतीयले ११ हजार १११ प्राप्त गर्ने कमिटीका अध्यक्ष मधु भट्टराईले जानकारी दिए ।

यो पुरस्कार राशि विद्यालय स्तरमा जिल्लामा सञ्चालित प्रतियोगितामध्येकै सर्वाधिक हो । राज्यले खेलकूदको विकाश गर्न नसकेको अवस्थामा कमिटीले विगतका वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको खनालले बताए । प्रतियोगितामा बलकर, सेटर, स्पाइकर, डिफेन्डर, सर्वर, वेष्ट प्लेयरका विद्याका उत्कृष्ट खेलाडीलाई पनि सम्मान गर्ने कार्यक्रम राखिएको छ ।

प्रतियोगितामा टिम दर्ता शुल्क ३ हजार रूपैयाँ राखिएको छ । गत वर्ष बुटवलको एभरेष्ट माविले उपाधि चुमेको थियो । प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार रूपैयाँ खर्च लाग्ने आयोजकले जानकारी दिएका छन् ।