भलिबल च्याम्पियनसीप उपाधी छात्रा तर्फ विज्डम एकेडेमी र शिक्षक तर्फ भानु मा.वि. ले हात पार्‍यो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भलिबल च्याम्पियनसीप उपाधी छात्रा तर्फ विज्डम एकेडेमी र शिक्षक तर्फ भानु मा.वि. ले हात पार्‍यो



कञ्चनपुर ।।

यहि पुस १५ गते देखि बेलौरीको विज्डम एकेडेमीले आयोजना गरेको विज्डम भलिबल च्याम्पियनसिप २०७४ मंगलबार  सम्पन्न भएको छ । मंगलबार भएका फाइनलका खेलहरुमा छात्रातर्फ विज्डम एकेडेमी बेलौरी प्रथम छ भने र जनज्योति मा.वि. कलकत्ता दोस्रो भएको आयोजक विज्डम एकेडेमी बेलौरीले जनाएको छ । त्यस्तै, शिक्षक तर्फको भलिबल प्रतियोगितामा भानु मावि कन्ज लालझाडी प्रथम र आयोजक विज्डम एकेडेमी दोस्रो भएको छ ।

छात्रा तर्फ प्रथम पुरुस्कार रु. १२५०० र द्वितीय पुरुस्कार रु. ५५०० तथा शिक्षक तर्फ प्रथम पुरुस्कार रु. ५००० र द्वितीय पुरुस्कार रु. ३००० प्रदान गरिएको छ । उक्त विज्डम भलिबल च्याम्पियनसिप २०७४ प्रतियोगितामा १२ ओटा छात्रा टिम र ७ ओटा शिक्षक टिमको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सर्वोत्कृष्ठ छात्रा खेलाडीका रुपमा विज्डम एकेडेमीकी मनिता चौधरी, बेष्ट स्टाइकरमा जनज्योति मा.वि. कलकत्ताकी आशा चौधरी र बेष्ट लिफ्टर विज्डम एकेडेमीकी दिक्षा चन्द घोषित भएका छन् भने शिक्षक तर्फ भानु माविका शिक्षक कालि राम राना सर्वोत्कृष्ठ खेलाडी तथा गोरखनाथ मावि कुण्डालाई अनुशासित विद्यालय टिम घोषणा गरी सम्मान गरेको बताइएको छ ।

समापन कार्यक्रममा महाकाली बहुमुखी क्याम्पस बेलौरीका क्याम्पस प्रमुख दिपक ढुंगाना प्रमुख अतिथि र रामपुर क्याम्पस कलकत्ताका क्याम्पस प्रमुख मदन चन्द विशिष्ट अतिथिमा रहनु भएको विज्डम एकेडेमीका शिक्षक लक्ष्मण सिंह दियालले जानकारी दिनु भयो ।