'वायु' आँधी अघि बढ्दै - गुजरातमा हजारौँलाई सुरक्षित स्थानमा सारिँदै - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

‘वायु’ आँधी अघि बढ्दै – गुजरातमा हजारौँलाई सुरक्षित स्थानमा सारिँदै



अरबियन सागरमा उत्पन्न भएको आँधी ‘वायु’ भारतीय राज्य गुजराततर्फ बढिरहेको छ। सो आँधी गुजरातमा जुन १३ तारिखमा प्रवेश गर्ने मौसम विभागको अनुमान छ।

आँधीका पूर्व सङ्केतहरू आजै देखिन थालेका छन्। समुद्री किनारमा र नदीहरूमा छालहरू उत्पन्न भैरहेका छन्। तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थलतर्फ ओसार्ने काम जारी छ। सो क्षेत्रका कैयन् रेल सेवाहरू र हवाई उडानहरू रद्द गरिएका छन्।

विद्यालयमा विद्यार्थीहरूले भने वायु देवतालाई प्रार्थना गरिरहेका छन्।

(चित्र : एजेन्सी)