साउथ अस्ट्रेलियामा उभौली पर्व मनाईदै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

साउथ अस्ट्रेलियामा उभौली पर्व मनाईदै



एडीलेड |

किरात राईहरुको महान् चाड साकेला उभौली पर्व बिशेष कार्यक्रमका साथ साउथ अस्ट्रेलियामा आयोजना हुने भएको छ । किरात सोसाईटी अफ साउथ अस्ट्रेलियाको आयोजनामा यहि मे २१ तारिकको दिन बिहान १० बजे देखि बेलुका ५ बजे सम्म  प्रिन्सेस एलिजाबेथ प्ले ग्राउन्डमा  बिबिध कार्यक्रम सहित आयोजना गर्न लागिएको किरात सोसाईटीका पब्लिक रिलेसनसिप अफिसर नबिन कम्बांगले बताए।

महिना भरि मनाईने उभौली चाडका अवसरमा किरातीले भूमि तथा अन्नबालीको पूजा गर्दै मनाउने कम्बांगले बताए । उनले थप्दै भने ” पृथ्वीमा कृषि युगको सुरुवात भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ त्यसैले हाम्रो परम्परा रितिलाई भूगोल बाट टाडा भए पनि संरक्षण गर्दै हामीले हरेक वर्ष कार्यक्रम गर्ने गरेका छौ । साउथ अस्ट्रेलियामा हुने कार्यक्रममा यहाँको स्थानिय राजनीतिक , कुटनीतिक क्षेत्र र नेपाली संघ संस्था सहित नेपाली समुदायको उपस्थिति रहने आयोजकले बताएका छन् ।

यो पर्व ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक मनाइन्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मंसिर पूर्णिमा अर्थात् शरद ऋतुमा उधौली पर्वको रूपमा मनाइन्छ । ‘दुमी भाषामा उभौली पर्वलाई ‘धिरियाम्लो’ र उधौली पर्वलाई ‘छिरियाम्लो’ भन्ने गरिन्छ, हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र पाक्ने बेलामा खुसियाली मनाउँदै उधौली पर्व मनाइन्छ’ ।

लगाएको अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, किराफट्याँङ्ग्रा तथा जंगली जनावरले दुःख नदिउन्, सबैमा सुख शान्ति, सुस्वास्थ्य, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ । तराईतिर गर्मी बढेर माछा, पशुपंक्षी, चराचुरुंगी, किराफट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको हो । किरातहरू उधौली पर्वमा अन्नबाली पाक्ने, खेतबारीमा लहलह देखिने, भकारी भरिएर सह बसोस्, आउँदो साल खाद्यान्नको अभाव नहोस् भन्दै खुसी, सुख र समृद्धिको कामना गर्दै उधौली पर्व मनाउँछन् ।