रुसी विमानसँग ठोकिएर अमेरिकी ड्रोन दुर्घटनाग्रस्त - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

रुसी विमानसँग ठोकिएर अमेरिकी ड्रोन दुर्घटनाग्रस्त



काठमाडौं : रुसी विमानसँग ठोकिएर अमेरिकी ड्रोन दुर्घटनाग्रस्त भएको छ।

रुसी दुई लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएर मानवरहित अमेरिकी विमान ब्ल्याक सीमा खसेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

यो घटनापछि युक्रेन युद्धलाई लिएर अमेरिका र रुसबीच प्रत्यक्ष टकरावको जोखिम बढेको बीबीसीले जनाएको छ। अमेरिकाले यो ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित उडान गरिरहेको बेला दुई रुसी लडाकु विमानले रोक्न खोजेको आरोप लगाएको छ।

रुसले भने यो ड्रोन तीव्र गतिमा रुट परिवर्तन गरेपछि दुर्घटना भएको बताएको छ। उसले दुवै विमान सम्पर्कमा आएको भन्ने कुराको खण्डन पनि गरेको छ। रुसी रक्षा मन्त्रालयले एमक्यू–नाइन रीपर ड्रोन आफ्नो ट्रान्सपोन्डर अफ गरेर उडिरहेको बताएको छ। ट्रान्सपोन्डरहरू सञ्चार उपकरणहरू हुन् जसको मद्दतले विमानहरू ट्र्याक गरिन्छ।

रीपर ड्रोनहरू निगरानी विमानहरू हुन्। युक्रेन युद्धका कारण विगत केही महिनादेखि ब्ल्याकसी क्षेत्रमा तनाव छ। युक्रेन युद्धका बेला रुसी र अमेरिकी विमानले बारम्बार ब्ल्याक सीमा खस्ने गरेका छन्।