उपेन्द्र यादवले भने: राजपा आउँछ भने म छोड्न तयार छु - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

उपेन्द्र यादवले भने: राजपा आउँछ भने म छोड्न तयार छु



काठमाडौं- उपप्रधानमन्त्री उपेन्द्र यादवले अनौठो प्रस्ताव राखेका छन् । उनले राजपा नेपाल सरकारमा आए आफू छोड्न तयार रहेको बताएका छन् ।

एक टेलिभिजनको मंगलवार राति प्रशारण हुने कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका छन् । उनले भनेका छन्,‘यदि राजपा आउँछ भने म तत्काल छोड्न तयार छु ।’

उनले मन्त्रिमण्डल पूनर्गठन सामान्य प्रक्रिया भएको टिप्पणी गरे । उनले भने,‘प्रधानमन्त्रीले मलाई कानून मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । सायद संविधान संशोधन गराउनकोलागि होला । उहाँले मलाई संविधान संशोधन गराउने जिम्मेवारी दिनुभएको होला भन्ने मैले बुझेको छु ।

यादवले भारतसँगको सीमा विवाद नेपाल सरकारले कुटनीतिक तहमा छलफल गरेर समाधान गर्ने विश्वास दिलाए । उनले भने,‘हामी भारतसँग कुटनीतिक रुपमा छलफल गर्छौं । सीमानामा खुकुरी नचाएर वा प्रदर्शन गरेर केही पनि हुँदैन् ।’