उपेन्द्र यादवले भने: प्रधानमन्त्रीले धेरै मायाँ गर्नुभएको छ सरकार किन छाड्ने ? - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

उपेन्द्र यादवले भने: प्रधानमन्त्रीले धेरै मायाँ गर्नुभएको छ सरकार किन छाड्ने ?



काठमाडौं – उपप्रधान, कानुन तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले आफ्नो नयाँ मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

सोमबारबाट कार्यभार सम्हालेका मन्त्री यादवले मन्त्रीमण्डल हेरफेरको विषयमा बोल्दै प्रधानमन्त्रीले मायाँ गरेर आफूलाई कानुन मन्त्रालय दिएको बताएका छन् । उनले मन्त्रालय पुनर्गठन भनेको प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र हारेकोले आफूले केहि प्रतिक्रिया नदिने बताए।

‘प्रधानमन्त्रीले सबैतिर अनुभव होस् भनेर मलाई स्वास्थ्यबाट कानुन मन्त्रालय पठाउनुभएको हुनुपर्छ,’ यादवले पत्रकारहरूसँग भने, ‘सरकार छाड्ने निर्णयमा पार्टी पुगेको छैन । अहिले किन छाड्ने सरकार ?’

यादवले अब सरकारले संविधान संशोधन गर्ने सहमति कार्यान्वयन गर्ने बेला आएको पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दै यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जिम्मेवारी हेरफेर गरी कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।