भारतबारे नबोलेको भन्दै उपेन्द्र र बाबुरामलाई कार्यकर्ताले यसरी थर्काए - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भारतबारे नबोलेको भन्दै उपेन्द्र र बाबुरामलाई कार्यकर्ताले यसरी थर्काए



काठमाडौं- भारतले नेपाली भूमि समावेश गरेपछि पार्टीको आधिकारीक धारणा सार्वजनिक नगरेको र सिमा विवादबारे नबोलेको भन्दै समाजवादी पार्टीका नेताहरूले अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई र्‍याखर्‍याख्ती पारेका छन् ।

देशमा उत्पन्न परिस्थितिको ख्याल नै नगरी नेतृत्वले सार्वजनिक र राष्ट्रिय महत्वको विषयमा केहि नबोलेको उनिर्हरूमाथी आरोप छ।

बिहीबार बसेको संघीय परिषद् बैठकमा परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको प्रतिवेदनमा भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा पारेको विषय ‘झारा टार्ने गरी मात्रै उल्लेख गरेको’ भन्दै भट्टराईको आलोचना गरेका हुन्।

एक संघिय परिषद् सदस्यले हिमालपोस्टलाई दिएको जानकारी अनुसार बैठकमा यो बिषयमा नेताहरूबीच बिबाद चर्किएको थियो ।

गणेश लोहारले ‘भारतले सीमा मिचेकोबारे पार्टीको धारणा के हो ?’ भनेर सोधिएको प्रश्नमा नेताहरू अल्लमल्ल परेका थिए। त्यस्तै अर्का नेता विनोदकुमार गुरुङले लिपुलेक,
उनले कालापानी र लिम्पियाधुराका विषयमा पार्टीमा गम्भीर छलफल चलाउन माग गरे। संघीय परिषद् सदस्य सनोज महतले पनि लिपुलेकबारे पार्टीको धारणा माग गरे।

त्यसैगरी, प्रतिवेदनमा अन्तराष्ट्रिय सम्बन्ध, भारत र चीनसँग नेपालको सम्बन्ध अनि नेपालको परराष्ट्र नीति कस्तो हुनुपर्छ भन्ने बारेमा पनि स्पष्ट पार्न एक नेताले माग गरेक थिए ।

बेला बेला भारतसँग नजिक भएको आरोप लाग्ने गरेका डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई केहि सदस्यले सिमा बिबादसँग जोडेर प्रश्न गरेका थिए ।