अब उपत्यकामा पुराना सवारी साधन चलाए कारबाही हुने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अब उपत्यकामा पुराना सवारी साधन चलाए कारबाही हुने



उपत्यकामा चल्ने सवारीसाधनको यान्त्रिक अवस्था चेकजाँच हुने भएको छ । सोमबारबाट उपत्यका ट्राफिक प्रहरीले सवारीसाधनको विशेष यान्त्रिक चेकिङ थालेको हो ।

सोही क्रममा साधान ठीक नभएको पानी ट्याङ्कर, फोर्स गाडी र टाटा सुमो गरेर २२ सवारीसाधानका चालकलाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरीले केही साधनलाई नियन्त्रणमा समेत गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंको कीर्तिपुरमा सवारी जाँच गरेको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्टका अनुसार कालो धुँवा फाल्ने, टायर धेरै घिसिएका र हेन्ड ब्रेक ठीक नभएका साधनका चालक कारबाहीमा परेका हुन् ।