एमाले कर्णाली प्रदेशको कमाण्ड गुलाबजंग शाहलाई - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

एमाले कर्णाली प्रदेशको कमाण्ड गुलाबजंग शाहलाई



काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी भएका छन् ।

सोमबार सम्पन्न मतगणनामा अध्यक्षका प्रतिस्पर्धी मीनबहादुर शाही र प्रकाश रोकायालाई हराउँदै शाह निर्वाचित भएका हुन् । शाहले ३६९ मत ल्याएका छन् । शाहीले २०७ र रोकायाले चार मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा टेकराज पछाई निर्वाचित भएका छन् । उनले ३४६ मत पाए । सचिवमा ध्रुवकुमार शाहीले ४०६ मत ल्याई विजयी भएका छन् । उपसचिवमा रमेशबहादुर शाही विजयी भए । उनले २६६ मत ल्याए ।