प्रदेश ५ मा सरकार गठन तोकिएको मितिमै : प्रदेश प्रमुख झा - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

प्रदेश ५ मा सरकार गठन तोकिएको मितिमै : प्रदेश प्रमुख झा



प्रदीप आचार्य
बुटवल । प्रदेश नम्बर ५ को सरकार गठनको प्रक्रिया तोकिएको मितिमै हुने प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झा ले बताएका छन् । उनले संसद बैठक आह्वान र सरकार गठन प्रक्रिया तोकिएको समयावधि भित्र गरिसक्ने बताए ।

बिहिबार बिहान १० बजे प्रदेश प्रमुकको कार्यालयमा पत्रकार सम्मेलन गरि झाले संविधान अनुसार निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र संसद बैठक बोलाउनुपर्ने हुन्छ भने ३० दिनभित्र मुख्यमन्त्री चयन गर्नु पर्ने बताउँदै सो कार्य तोकिएको समायवधि भित्र नै हुने बताए ।

प्रदेश प्रमुखले माघ २३ गतेभित्र संसद बैठक आह्वान गर्ने र संसद बैठकले फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए अनुरुप कार्य हुने उनको भनाई छ ।

बैठक आह्वानका लागि अब ११ दिनमात्रै बाँकी छ भने सरकार गठनका लागि २२ दिन बाँकी रहेको छ ।पहिलो पटकको अनुभव भएको हुँदा बिभिन्न किसिमका जटिलताहरु आएको बताउँदै सबैको सहयोगले काम छिटो हुने बताए ।

अस्थायी मुकाममा कार्यालय पूर्वाधारको व्यवस्था नभएकाले पनि संसद बैठक आह्वानका लागि केही दिन लाग्ने छ। संसद सञ्चालनका लागि कर्मचारीहरूसमेत आउने क्रम बढेको प्रदेश सचिव सन्तकुमार दवाडिले बताए ।

यता प्रदेश मन्त्रालय लगायतका कार्यहरुको लागी अस्थायी राजधानी भएकोले अस्थायी किसिमका पूर्वाधारहरु निर्माण भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । कार्यलय तथा मन्त्रालय लगायतका कुराहरु निर्माणको चरणमा रहेको बताउँदै अस्थायी संरचना निर्माण प्रक्रिया पूरा भएको बताए ।

बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य बलदेव शर्मा पोख्रेलले संसदीय दलसँगको छलफलबाट बैठक आह्वान हुने बताए। उनी अहिले सभामुखको भूमिकामा रहेका छन्।