एमालेले वहिष्कार गर्दा पनि रोकिएन उदयपुर १ को मतगणना - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एमालेले वहिष्कार गर्दा पनि रोकिएन उदयपुर १ को मतगणना



काठमाडौं– प्रतिनिधिसभातर्फ उदयपुर १ को मतगणना ११ बजेदेखि सुरु भएको छ। यो क्षेत्रमा तीन दिनदेखि मतगणना अवरुद्ध थियो। निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीलाई मतगणनाको अख्तियारी दिएपछि विवाद भएको १०० मत बदर गरी गणना सुरु भएको हो।

मत गणना सुरु गर्ने निर्णयसँगै एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीलगायत मतगणना स्थलबाट बाहिरिएका छन्। मत गणनाको क्रममा पछिल्लो पटक आइतबार बिहान खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (ख) प्रदेशसभाको १०० मत पत्र भेटिएकाले गणना रोकिएको थियो।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोलिएको थियो। त्यसै क्रममा प्रदेशसभाको क्षेत्र (ख) को १०० मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गर्दै आएका थिए।

हालसम्म यो क्षेत्रमा ७६ हजार ७५६ मत खसेकामा ६३ हजार ८० मतगणना भइसकेको छ। कांग्रेस उम्मेदवार नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन्। खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।