टर्की भूकम्प अपडेट- ज्यान गुमाउनेहरु ८ हजार नाघे - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

टर्की भूकम्प अपडेट- ज्यान गुमाउनेहरु ८ हजार नाघे



टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। बुधबार बिहानसम्म टर्की र छिमेकी सिरियामा गएको भूकम्पमा परी ८ हजार बढी मानिसले ज्यान गुमाएका छन्।

एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भुकम्पबाट ४० लाख मानिस प्रभावित भएका छन्।

अत्याधिक चिसोको बावजुद उद्धारकर्मीहरु भग्नावेशमा फसेकाहरुको खोजीमा खटिएका छन् । सोमबार टर्कीको गाजियान्टेप प्रान्तमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसपछि सयौं पराकम्पन गइसकेको छ ।

टर्कीको भूकम्प प्रभावित १० प्रान्तमा तीन महिने संकटकाल घोषणा गरिएको छ।

भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ ।सोमबार टर्कीको गाजियान्टेप प्रान्तमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो।