टर्की भूकम्प अपडेट- ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो, १५ हजार घाइते - Himal Post Himal Post
  • १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
Logo

टर्की भूकम्प अपडेट- ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो, १५ हजार घाइते



एजेन्सी। टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार जना पुगेको छ । दुवै देशमा गरेर ज्यान गुमाउनेको संख्या ४ हजार जना पुगेको र सात हजार जनाको उपचार भइरहेको सीएनएनले जनाएको छ ।

१५ हजार जना घाइते भएका छन् । उद्दारकर्ताले रातभर पनि खोजी कार्य जारी राखेका छन् । दुवै देशमा रातभर मानिसहरु सडकमा जाग्राम बसेका थिए । भूकम्पका कारण टर्की र सिरियाका कयौँ सहर खण्डहर बनेका छन् ।

दुवै देशमा शोक र भोक थपिएको खबरमा उल्लेख छ । अमेरिका, बेलायत, जर्मनी लगायतका देशबाट उद्दारकर्ता र राहत सामग्री दुवै देशमा पुग्न थालेका छन् । डाक्टर विथाउट बोर्डर नामको संस्थाले टर्की र सिरियामा सयौँ डाक्टर खटाउने घोषणा गरेको छ ।

टर्कीमा सोमबार विहान ७.८ म्याग्निच्युडको र दिउँसो ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण टर्की र सिरियामा ठूलो क्षति भएको हो । सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको यस क्षेत्रका प्रमुख शहरको पूरै क्षेत्रलाई कम्पन गर्नेगरी भूकम्प गएको हो ।