भुईँचालो खबर नगरी आउँछ - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भुईँचालो खबर नगरी आउँछ



-तुलसी प्रसाद पंगेनी

जिन्दगी हो, बाढी आउँछ भुमरी आउँछ।
कसैको भागबन्डा भित्र नपरी आउँछ।

तिमीलाई यो छातीमा निदाउने बानी परेको छ
अब त्यो अग्लो महलमा निद कसरी आउँछ??

दुस्मनलाई फुल दिएर आयकोछु आज
अरे यस्तो मौका पनि घरी-घरी आउँछ।

बालाई बल्ल थाहा भयो सन्तान बिग्रेको
जब हतकडी बोकेर घरमा प्रहरी आउँछ।

आफ्नो अहमताको उचाइ ख्याल गर्नु मित्र
थाहा छ? भुईँचालो पनि खबर नगरी आउँछ।

तुलसी प्रसाद पंगेनी
स्याङ्जा वालिङ
हाल युएई