ट्रम्पले भने: अमेरिकी सरकार भंग गर्छु - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

ट्रम्पले भने: अमेरिकी सरकार भंग गर्छु



 

 

एरिजोना:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकार भंग गर्न सक्ने जनाएका छन् । एरिजोनाको फिनिक्समा ‘मेक अमेरिका ग्रेट अगेन’ र्‍यालीमा राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन अमेरिकी सरकार भंग गर्नसक्ने चेतावनी दिएका हुन् ।

ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्दै भने, ‘डेमोक्र्याटिक सांसदहरूले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनामा बाधा पुर्‍याउँदै आएका छन्।’ उक्त पर्खाल लगाउने विषय ट्रम्पको चुनावी घोषणाको एक महत्वपूर्ण विषय हो। आफूले अमेरिकालाई जहिले पनि महान् बनाउने सोच राखेको उनको भनाइ थियो।
उनले भने, ‘गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिहरूमाथि रोक लगाउनुपर्ने बेला आइसकेको छ । यो पर्खाल लगाउन कसैले बाधा पुर्‍याउँछ भने सरकार भंग गर्न परे पनि तयार छु, जसरी भए पनि पर्खाल बनाउँछु।’
अवैध आप्रवासीलाई रोक्न ट्रम्पले पर्खाल बनाउन आदेश दिएका थिए। उक्त पर्खाल बनाउन करिब २७ खर्ब २२ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ।
डेमोक्र्याटिक सांसदहरूले यो पर्खाल बनाए अमेरिकी अर्थव्यवस्था प्रभावित हुने बताउँदै आएका छन्। उक्त खर्च अमेरिकाले व्यहोर्न सम्भव नभएको उनीहरूको भनाइ छ। सिमानामा पर्खाल लगाउने कुराले मेक्सिको र अमेरिकाबीचको सम्बन्धमा कटुता उत्पन्न भएको छ।
र्‍यालीलाई ट्रम्पले करिब ८० मिनेट सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा भर्जिनियामा निकालिएको ‘श्वेत सर्वोच्चता’सम्बन्धी मार्चको विरोध गरेका थिए। कैयौं अमेरिकी सञ्चारमाध्यमले उक्त घटनामा आफूलाई मुछ्न खोजेको स्पष्ट पारे।
सञ्चारमाध्यमले आफूलाई मुछेर बेइमानी गरेको पनि उनले बताए। र्‍यालीमा सहभागी एक प्रदर्शनकारी महिलाको मृत्यु भएपछि सञ्चारमाध्यमले ट्रम्पको कडा आलोचना गरेका थिए।
ट्रम्पले भने, ‘निकै बेइमान सञ्चारमाध्यम पूर्ण रूपमा बेइमान र झूट, नभएको विषयलाई समाचार बनाउँछन्। कैयौं समाचारमा हुँदै नभएको सूत्र भनेर उल्लेख गर्छन्।आफूले मनपरी लेख्छन् अनि उनीहरू लेख्छन्।
एक सूत्रले बतायो। उनीहरूसँग तथ्य हुँदैन।अनि यस्ता प्रसंग जोड्छन्। म घृणा, घृणित भाषण र हिंसाको विरोधमा बोलेका कुरा लेख्दैनन्।नवनाजी, श्वेत सर्वोच्चता मान्ने व्यक्तिको मैले विरोध गरेको छु।’