लण्डन रेलमा विस्फोट - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

लण्डन रेलमा विस्फोट



लण्डन, भदौ ३०-

लण्डनको दक्षिणपश्चिम स्थित पार्सन्स ग्रीनमा डिस्ट्रिक्ट लाइन रेलका यात्रुहरुले अगाडीको डिब्बामा विस्फोट भएको र आगोको लप्का आएको बताएका छन्।

त्यसपछि त्यहाँ खैलाबैला भएको र भर्‍याङ्मा मानिसहरुबीच भागदौड हुँदा केही घाइते भएको उनीहरुले बताएका छन्।

फुल्हामस्थित उक्त क्षेत्रमा स्थानीय समय बिहानको आठ बजेर बीस मिनेट जाँदा प्रहरी तथा प्यारामेडिकहरुलाई सहयोगको कल आएको थियो।

उक्त घटनापश्चात मेट प्रतिआतंकवाद टोलीले प्रतिक्रिया जनाइरहेको बताएका छन्।

कसले विस्फोट गराएको भन्ने अहिले थाहा नभइसकेको उनले बताए।

प्रत्यक्षदर्शीहरुले कम्तीमा एकजना यात्रुको मुहारमा चोटपटक लागेको देखेको बताएका छन्। बिबिसी