गृह सचिवको गाडीमा ह्वील लक लगाउने ट्राफिक प्रहरी सम्मानित - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

गृह सचिवको गाडीमा ह्वील लक लगाउने ट्राफिक प्रहरी सम्मानित



काठमाडौँ –

युवाहरूले गृह सचिव रामकृष्ण सुवेदीको गाडीमा ‘ह्वील लक’ गरी चिट काट्ने ट्राफिक प्रहरीलाई सम्मान गरेका छन् । हन्ड्रेड ग्रुपले खादा र माला लगाएर हनुमानस्थानमा ड्युटीमै रहेका प्रहरीलाई सम्मान गरेको हो ।

उच्च ओहोदामा रहेका व्यक्तिहरूले नियम उल्लङ्घन गर्दा पनि कार्बाही नहुने गरेको सर्वसाधारणले गुनासो गर्नेगरेका छन् । कानुन कार्यान्वयन गर्ने निकायले समेत माथिल्लो पदमा रहेका व्यक्तिलाई कार्बाही गर्न आनाकानी गर्ने गरेको पाइन्छ ।  जथाभावी गाडी पार्किङ गर्ने गृहमन्त्रालयका प्रवक्ता सुवेदीलाई भने ट्राफिक प्रहरीले कानुन उल्लङ्घन गर्दा कार्बाही गरेका थिए। यसरी कानुन उल्लङ्घनबाट कोही पनि उम्किन सक्दैन भन्ने कुरा देखाएकामा ती प्रहरीलाई सम्मान गरेको हन्ड्रेड ग्रुपका अध्यक्ष विक्रम ओलीले बताए ।

बा २ झ ४३८८ नम्बरको सरकारी गाडीमा ह्वील लक लगाएपछि माथिबाट छोड्न दबाब आए पनि ड्युटीमा रहेका ट्राफिक टीकाराम बुढा र कमलेश कुमारले चिट काटेर मात्र छोडेका थिए ।