सह-सहिवको गाडीमा ट्राफिक प्रहरीको ताल्चा - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सह-सहिवको गाडीमा ट्राफिक प्रहरीको ताल्चा



काठमाडौँ –

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीको अगाडिको चक्कामा ताल्चा ठोकेका छन्।

सिंहदरबारको पूर्वी गेटअगाडि अनधिकृत रूपमा पार्किङ गरी राखेको सरकारी नम्बर प्लेटको गाडीमा ताल्चा लगाइएको हो । सुवेदी गृहमन्त्रालयका प्रवक्ता समेत हुन् ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त लामाले आफूलाई घटनाबारे जानकारी आएको र अनुसन्धान भैरहेको बताए । प्रहरीअनुसार पार्किङ-निषेध गरिएको स्थानमा बा २ झ ३४६ नम्बरको गाडी पार्किङ गरेर सुवेदी खाना खान निस्किएका थिए ।

प्रत्यक्षदर्शी यज्ञम्बर श्रेष्ठअनुसार ताल्चा लगाएपछि कर्मचारीले ट्राफिक जवानलाई धम्क्याएका थिए ।

श्रेष्ठ प्रश्न गर्छन्, ‘कानुन पालना गराउने निकायले कानुनको रखवाली गर्दै गरेका प्रहरी दाइलाई दबाब दिएर कार्बाही फिर्ता गराउन खोज्‍ने ? त्यति मात्रै होइन, फोनमार्फत कुरा गराएर ती प्रहरीलाई नै तर्साउन खोज्‍ने ?’

श्रेष्ठले ती कर्मचारीको सरुवा गरिने आशङ्का गर्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘होसियार हामीले हेरिराखेका छौँ ।’