आयोजना प्रमुख, ठेकेदार र इन्जिनियरलाई तोसिमा कार्कीको ताकेता - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

आयोजना प्रमुख, ठेकेदार र इन्जिनियरलाई तोसिमा कार्कीको ताकेता



ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभातर्फ विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले नख्खु–भैंसीपाटी सडकखण्डबाट आफ्नो कामको सुरुवात गरेको बताएकी छिन्।

सामाजिक सञ्जालमाफर्त आफ्नो कामको सुरुवात भएको बताउँदै उनले सडक विस्तार आयोजना प्रमुखलाई भेटेको तस्बिर सार्वजनिक गरेकी छिन्। लामो समयदेखि अवरुद्ध हुँदै आएको धुलाम्य सडक निर्माणमा भएको ढिलासुस्तिको बारेमा आयोजनाका प्रमुख कृष्ण ओझासँग कार्यकक्षमै पुगेर चासो राखेको उनले जनाएकी छिन्।

आफैंले ठेकेदार र इन्जिनियरलाई समेत फोन गरेको उल्लेख गरेकी छिन्। ‘हामी आफैँले ठेकेदार अनि ईन्जिनियरलाई पनि फोन गर्यौँ, ढिलासुस्ती आनाकानि नगर्न सुझायौँ,’ उनले भनेकी छिन्।

उक्त सडकखण्डको निरन्तर फलोअप गर्ने बताउँदै उनले अब स्थलगत भ्रमण अर्को कदम रहेको बताएकी छिन्।