पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर रायमाझी सम्पर्क बिहीन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर रायमाझी सम्पर्क बिहीन



काठमाडौं- नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहको खोजी गरिरहेको प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरालाई पक्राउका लागि खोजी सुरू गरेको छ ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी सम्पर्कबिहीन भएका छन् । टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूलाई खोजी गरेको हो ।

सँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई पनि पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरी स्रोतले बतायो ।