आधा मत गन्दा पुष्पा भुसाल टोपबहादुरसँग झिनो मतले पछाडि - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

आधा मत गन्दा पुष्पा भुसाल टोपबहादुरसँग झिनो मतले पछाडि



अर्घाखाँचीमा नेकपा एमालेका उम्मेद्वार टोपबहादुर रायमाझीले निरन्तर अग्रता कायम राखेका छन्।

प्रतिनिधीसभा तर्फ झन्डै ५० प्रतिशत मतगणना सकिँदा रायमाझी २० हजार २०२ मत सहित अग्रस्थानमा छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार पुष्पा भुसाल १८ हजार ३१९ मत सहित दोस्रो स्थानमा छिन्।

अर्घाखाँचीमा कुल ८९ हजार ५३१ मत खसेको थियो। अहिलेसम्म ४१ हजार ५६० मत गणना गरिएको छ।

यस्तै प्रदेशसभा ‘क’ र ‘ख’ मा समेत नेकपा एमालेका उम्मेद्वार नै अँगाडी रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रदेशसभाको आज दिउँसो सम्म परिणाम आइसक्नेछ।

प्रतिनिधीसभाको भने भोलीसम्म नतिजा आउन सक्ने अनुमान गरिएको छ।