टोपबहादुर रायमाझीको पत्र- बिरामी छु, उपचार गर्दैछु - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

टोपबहादुर रायमाझीको पत्र- बिरामी छु, उपचार गर्दैछु



नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन्।

संसद सचिवालय स्रोतका अनुसार उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएका हुन्।

‘पत्र आएको सुनेका छौँ, तर कुन माध्यमबाट पठाएको बुझ्दैछौँ, ईमेलबाट पठाएको हुन सक्छ’, संसद् सचिवालयका एक अधिकारीले भने, ‘पत्रमा बिरामी भएर उपचारका क्रममा रहेको बेहोरा रहेको बुझिएको छ।’

टोपबहादुर मंसिर ४ को निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

यसैबीच प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गराएपछि गत वैशाख २० गतेदेखि गायब उनलाई एमालेले बुधबारदेखि निलम्बन गरेको छ।

यो प्रकरणको अनुसन्धान नसकिएसम्म एमालेको जिम्मेवारीबाट रायमाझीलाई निलम्बन गरिएको जानकारी महासचिव शंकर पोखरेलले दिएका छन्।