टोपबहादुरलाई निष्काशन गर्ने तयारी, ओलीले बोलाए आकस्मिक बैठक - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

टोपबहादुरलाई निष्काशन गर्ने तयारी, ओलीले बोलाए आकस्मिक बैठक



नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई एमालेले पार्टीबाट निष्काशन गर्ने तयारी गरेको छ ।

रायमाझीको नाममा पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेले उनलाई निष्काशन गर्ने तयारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमाले पदाधिकारी आकस्मिक बैठक बोलाइएको छ ।

अहिले बस्ने बैठकले रायमाझीलाई पार्टीबाट निलम्बन गर्नेसम्मको निर्णय लिनसक्ने एमाले नेताले बताए ।

ओलीले नेताहरूसँग रायमाझी फरार हुँदा आफूमाथि र पार्टीमाथि प्रश्न उठेको र यसले क्षति गरेको बताउने गरेका थिए ।

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुईपटक भेट गरी सकेका छन् ।