टोपबहादुरलाई अदालत लैजानुभन्दा अगाडि बयान लिईने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

टोपबहादुरलाई अदालत लैजानुभन्दा अगाडि बयान लिईने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ ।

आइतबार साँझ बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई आइतबार नै काठमाडौँ परिसर लगिएको थियो । प्रहरीले आज उनको स्वास्थ्य परीक्षण गरेर म्याद थपका लागि जिल्ला अदालत लैजानुभन्दा अगाडि केही समय बयान लिने तयारी गरिरहेको छ ।

गत २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनी ११ दिनमा आइतबार पक्राउ परेका हुन । यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतका १२ जना पक्राउ परिसकेका छन् ।