तिनाउ नदिमा यसरी भईरहेकाे छ दाेहन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

तिनाउ नदिमा यसरी भईरहेकाे छ दाेहन



बुटवल । जिल्लामा सञ्चालित ठूला आयोजनाका लागि भन्दै तिनाउ नदीमा गिटी, बालुवा र ढुंगाको अनियन्त्रित उत्खनन तीव्र छ । दर्जनौं ठूला मेसिन प्रयोग गरेर दिनहुँ नदीजन्य पदार्थ दोहन हुँदा पनि प्रशासन मौन छ ।

तिलोत्तमा नगरपालिका ४ को मगरघाट, हरिहरपुर र बुटवल उपमहानगरपालिका १७ स्थित रंगशालानजिक सातादेखि १५ भन्दा बढी एक्साभेटरले ढुंगा, गिटी र बालुवा निकाल्ने गरेका छन् ।

ती मेसिनले निकालेको सामग्री दैनिक ४० भन्दा बढी ट्रिपरले स्थानीय क्रसर उद्योग पुर्‍याउँछन् ।उत्खननका लागि स्वीकृति दिने जिल्ला समन्वय समितिले भने जिल्लाभित्र सञ्चालित ठूला आयोजनाका नाममा स्वीकृति दिइएको बताएको छ ।

जिल्लामा गौतम बुद्ध विमानस्थल, बुटवल–बेलहिया व्यापारिक मार्ग, लुम्बिनी चक्रपथलगायत आयोजनाका नाममा उत्खनन गर्ने अधिकार दिइएको हो । सातादेखि अनियन्त्रित रूपले उत्खनन भइरहे पनि स्थानीय तह बेखबर छन् ।

उत्खनन क्षेत्रमा प्रशासनको उपस्थिति नहुँदा सयौं चुल्ठेमुन्द्रे र डन परिचालित छन् । यही कारण स्थानीयले विरोध पनि गर्न सकेका छैनन् ।